पाल्पा । पाल्पा क्षेत्र नम्वर २ मा २६ हजार ७ सय ३६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा माधवबहादुर थापा विजयी हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिमालदत्त श्रेष्ठलाई १३ हजार ७ सय ४४ मतान्तरले पराजित गर्दै थापा विजयी हुनुभएको हो ।
फागुन २१ सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १२ हजार ९ सय ९२ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले) का ठाकुरप्रसाद गैरेले १० हजार ५ सय ३, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेयले ५ हजार २ सय ८८ र नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६ सय ९३ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिनुभयो ।
यहाँ यसअघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी हुनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२