काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित गर्दै एसएमई प्रो म्याक्स इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार ५ वर्षभित्र स्थापना भएका स्टार्टअपहरूले यस प्याकेज अन्तर्गत १ जीबीपीएस इन्टरनेट स्पिड, १ टिबी डाडा र पब्लिक आईपी सेवामा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।
प्याकेजमा ग्राहकले वाईफाई सिक्स राउटर निःशुल्क प्राप्त गर्नुका साथै फ्रि सर्वे, इन्स्टलेसन र सेटअप सेवा पनि पाउने कम्पनीले जनाएको छ।
नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती नेटवर्क समाधान उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकको भनाइ छ ।
एसएमई प्रो म्याक्स प्याकेजसम्बन्धी थप जानकारी तथा सदस्यताका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिनेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३