काठमाडौँ । मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ ।
उच्च हिमाली क्षेत्रमा पानी र हिउँ पर्ने सम्भावना रहेको र तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि बदली र वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
केही स्थानमा हिउँ र पानी पर्ने भएकाले यात्रा, कृषि तथा दैनिक गतिविधि सञ्चालन गर्दा स्थानीय मौसम अवस्थाबारे जानकारी लिएर सावधानी अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३