काठमान्डु । पत्रकार एवम् साहित्यकार दामोदर न्यौपानेको पुस्तक सम्पदा लडाईंको आज विमोचन गरिएको छ । काठमाण्डौंको वसन्तपुर डबलीमा आयोजित एक कार्यक्रमका सम्पदा लडाईंको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी गीतकार दुर्गालाल श्रेष्ठले सम्पदा लडाईंको विमोचन गर्नु भएको हो ।
पुस्तक सार्वजनिक गर्दै उहाँले नेपालका सम्पदाहरु जोगाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो पहल गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा अधिवक्ता प्रकाशमणि शर्मा, सम्पदाविद् रविन्द्र पुरी लगायतले मासिन लागेका सम्पदाहरुलाई सबैले मिलेर जोगाउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

पुस्तक माथि समीक्षा गर्दै साहित्यकार एवं समालोचक ज्ञानु अधिकारीले न्यौपानेको पुस्तकले हाम्रा इतिहासलाई बचाइराख्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले निबन्धात्मक शैलिमा लेखिएको पुस्तक सम्पदा प्रेमी, विद्यार्थी, राजनितिज्ञ सबैको लागि उत्तिकै उपयोगि हुने धारणा राख्नुभयो ।
पत्रकार तथा लेखक न्यौपानेको यो सातौं पुस्तक हो । पुस्तक विमोचन पछि लेखक न्यौपानेले बुझेर, नबुझेर सम्पदा बिस्तारै क्षयिकरण हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सम्पदाको बारेमा जानकारी गराउन र सम्पदा संरक्षणमा टेवा पु¥याउनको लागि पुस्तक प्रकाशनमा ल्याएको बताउनुभयो ।

साँस्कृतिक हकलाई मौलिक हकमा राखिएको छ, त्यसलाइ जोगाउन ऐनहरु पनि बनेका छन् तर ऐन कार्यान्वयन नहँुदा सम्पदा मिचिएका छन्, मासिएका छन्, लेखक न्यौपानेले भन्नुभयो ‘सम्पदाको रक्षा गर्नुपर्ने निकायले गरेका छैनन्, पुस्तकमा सम्पदा के हो ? किन यसको संरक्षण गर्नुपर्छ ? लगाएत बिषय समेटिएको छ ।’
साँग्रिला प्रकाशनले बजारमा ल्याएको पुस्तक सम्पदा लडाईं सम्पदा संरक्षणमा केन्द्रीत छ । यसअघि उहाँका एम्बुसमा ६ बर्ष, कर्म, स्वर्णिम समय, स्कूल बेच्ने बालक लगाएत पुस्तक चर्चित छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६, १९:४५