काठमाडौँ । "डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार सम्मान-२०८२" महाकाव्यकार अजम्बरध्वज खातीलाई प्रदान गरिएको छ ।
सर्वदा साहित्य सङ्गमले बर्सेनि दिँदै आएको पुरस्कार तथा सम्मान २०८२ सालका लागि उहाँलाई दिइएको हो ।
काठमाडौँको बुढानीलकण्ठस्थित उहाँको निवासमा आज बिहान एक कार्यक्रमको आयोजना गरी २५ हजार राशिको पुरस्कार हस्तान्त्रण गरियो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य महाकाव्यकार शशिराम कार्की र सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरि "कोपिला" ले ताम्रपत्र, दोसल्ला र पुरस्कार राशीले अभिनन्दन गर्नु भएको हो।
आयोजित कार्यक्रममा अध्यक्ष कोपिलाले साहित्य र समाजमा सम्झनलायक काम गरेका व्यक्तिलाई सम्मान गर्दै आएको जानकारी दिँदै महाकाव्यकार खातिको लेखन र सक्रियता पछिल्लो पुस्ताका लेखक तथा साहित्यकारका लागि अनुकरणीय रहेको बताउनुभयो ।
महाकाव्यकार खातीका बटुवा, कथा त बटौलीसँग छ, ठूली, अझै खैFजडी बजेको बज्यै छ, पाइतालाका डोबहरू : सारङ्गीका बाडुलीहरू, आँसु बेनीको, खरानी गङ्गा, उदबोधन, माइली, तपस्विनी, मेरो पाल्पा, स्मृतिको आँखिझ्यालबाट र सरम हराएको सहर प्रकाशित कृति हुन् ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२