ताप्लेजुङ। तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ताप्लेजुङको फुङलिङस्थित भानुजन माद्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आजदेखि सुरु लागेको हो ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ । उद्धघाटन खेलमा आज आयोजक टीम तेल्लोक स्पोर्टिङ क्बलले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिष्पर्धा गर्दैछ । बिदेशी खेलाडी सहित मैदान उत्रन लागेको दुवै टीमले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्ने दाबीका साथ मैदान प्रवेश गर्दैछन् ।
आजको विजेताले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ । यस्तै भोलि सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुनेछ । साउन २७ गते हुने क्वाटर फाइनलको अन्तिम खेलमा सलहेस युवा क्लव सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच भिडन्त हुँदैछ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वाेत्कृष्ट बन्ने खेलाडीले बाईक समेत प्राप्त गर्नेछ ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२