काठमाडौँ । आईसीसी टी–२० क्रिकेट विश्वकप आजदेखि सुरु हुँदैछ ।
उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । पाकिस्तान आईसीसीको पूर्ण सदस्यता प्राप्त राष्ट्र हो ।
नेदरल्यान्ड्स भने विश्वकपको यूरोपियन क्षेत्रीय छनोटबाट विश्वकपमा प्रवेश गरेको हो ।
पाकिस्तान र नेदरल्याण्डसबीचको खेल श्रीलङ्काको कोलोम्बोस्थित सिन्हालेसे स्पोर्टस क्लब क्रिकेट मैदानमा नेपाली समयानुसार विहान सवा ११ मा सुरु हुनेछ ।
विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा दुई पटकको विजेता वेस्ट इन्डिजले स्कटल्यान्डसँग खेल्दै छ । तेस्रो खेलमा घरेलु टोली भारतले आजै अमेरिकाको सामना गर्दै छ ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०८२