काठमाडौँ । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।
त्रिवि किक्रेट मैदान कीर्तिपुरमा भएको खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले हराएको हो । १२८ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टाएको हो ।
जनकपुरको जितमा लाहिरु मिलान्थाले नटआउट ७५ र हर्ष ठाकेरले नटआउट २९ रन बनाउनुभयो । खराब शुरुवात गर्दै २ ओभरमा १५ रन बनाउन २ विकेट गुमाए पनि जनकपुरका लागि लाहिरु र मिलान्थाले तेस्रो विकेटका लागि नटआउट ११६ रनकाे साझेदारी गर्दै जनकपुरलाई महत्त्वपूर्ण जित दिलाउनुभयो ।
पहिले ब्याटिङ गरेको विराटनगरले मार्टिन गुप्टिलको ५५ रनको मद्दतमा १२७ रन बनाएको थियो । जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिनुभयो।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१, १५:३२