काठमाडौँ । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाल आज भारतसँग खेल्दैछ ।
दशरथ रगंशालामा साँझ साढे ६ बजे सुरु हुने खेलमा यी २ टोली लगातार दोस्रोपटक सेमिफाइनल खेल्न लागेका हुन्। काठमाडौँमै भएको उक्त खेलमा नेपाल १–० ले विजयी भएको थियो । साफ च्याम्पियनसिपमा नेपालले हराउन सकेको यो नै एकमात्र खेल हो ।
सन् २०२२ को साफ च्याम्पियनसिपपछि नेपाल र भारत दुईपटक मैत्रीपूर्ण फुटबल खेलेकोमा दुवै खेल बराबरीमा सकिएका थिए ।
नेपालले महिला साफ च्याम्पियनसिपमा भारतसँग चार पटक फाइनल खेलेको छ । प्रतियोगिताको फाइनलमा पाँचपटक पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन । सन् २०१६ बाहेक हरेक संस्करणको फाइनल पुगेको नेपाल यसपटक उपाधि जित्ने ध्याउन्नमा छ ।
सन् २०१० मा भएको पहिलो संस्करणको फाइनलमा नेपाल भारतसँग १–० ले, २०१२ मा ३–१ ले, २०१४ मा ६–० ले, सन् २०१९ मा ३–१ ले पराजित भएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१, ११:३८