काठमाडाैँ । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा विहीबार साँझ भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले हराउँदै नेपाल प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।
नेपालको जितमा रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी र अमिशा कार्कीले एक एक गोल गर्नुभयो । सेमिफाइनलमा नेपालले भारतसँग खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१, १९:३३