काठमाडौँ । पेरिस पारालिम्पिकमा कीर्तिमानी कास्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँमा भब्य स्वागत गरिएको छ । तेक्वान्दोमा कास्य पदक दिलाएकी पलेसासहित बुधबार काठमाडौँ आइपुगेको नेपाली पारा तेक्वान्दो टोलीलाई भव्य स्वागत गरिएको हो ।
टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदको टोली बाजागाजासहित त्रिभुवन विमानस्थलमा पुगेको थियो।
त्यसपछि पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गराइएको थियो।
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१, १२:२७