सरकारले ‘काभा नेसन्स् लिग महिला भलिबल’ प्रतियोगितामा दोस्रो भएकाे नेपाली टोलीका सदस्यलाई नगद पुरस्कारले सम्मान गरेकाे छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीश भट्टलाई दुई लाख तथा सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार रुपैयाँसहित सम्मान गर्नुभएको हो ।
गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको प्रतियोगितामा नेपाल दोस्रो भएको थियो । मन्त्रीपरिषद बैठकले साउन ३१ गते टोलीलाई ४७ लाख ६० हजार रुपैयाँ पुरस्कार रकम दिने निर्णय गरेको थियो ।
नगद पुरस्कार अर्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१, १७:४५