ललितपुर । २० बर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेता बनेको छ ।
फाइनलमा बंगलादेशसँग ४–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । ललितपुरको सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई जिताउन मिजारुल इस्लामले दुई तथा रवि हुसेन राहुल र मोहम्मद नोभाले गोल गर्नुभयो । नेपालका लागि समिर तामाङले सान्त्वना गोल फर्काउनुभयो ।
एकै समुहमा रहेको बंगलादेशलाई समुह चरणको खेलमा हराए पनि फाइनलमा बंगलादेशले त्यसको बदला लिँदै उपाधि उचालेको हो । अपराजित रहँदै फाइनल पुगेको नेपाल फाइलनमा भने पराजित भयो । बंगलादेशले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१, १७:२०