काठमाडाैँ । आयरल्याण्ड उल्भ्स ‘ए’ सँगको पहिलो टी– ट्वान्टी क्रिकेटमा नेपाल ‘ए’ पराजित भएको छ । कीर्तिपुरमा आज भएको खेलमा नेपाल २१ रनले पराजित भएको हो ।
योसँगै तीन खेलको शृंखलामा आयरल्यान्ल्यान्डले १-० को अग्रता लिएको छ । २२३ रनको लक्ष्य पाएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ रनमा अलआउट भयो ।
नेपालका लोकेश बमले १०६ र आरिफ शेखले ४९ रन बनाए पनि अरू ब्याटरले गतिलो प्रदर्शन गर्न नसक्दा टोलीको जितका लागि पर्याप्त हुन सकेन ।
लोकेस र आरिफले चौथो विकेटका लागि १२१ रनको साझेदारी गर्नुभयो । कप्तान विनोद भण्डारीले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । आयरल्याण्डका लागि पिटर मूरले ४९ तथा स्टेफन डोहेनी र केड कार्माइकलले ३८–३८ रन बनाए।
नेपालका कमलसिंह ऐरीले ३ विकेट लिनुभयो ।
यी २ टोलीको अर्को खेल आइतबार हुनेछ । हिजो हुने तय भएको पहिलो खेल भने बर्षाका कारण रद्द भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०, १६:४४