काठमाडौँ । बाँसाबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ब्यापारी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार मुलुकी ऐन र मुलुकी अपराध संहिताको किर्ते र ठगीसम्बन्धमा अनुसन्धान अनुसन्धान निरन्तर अघि बढाउँदै उनीहरूलाई जमानीमा रिहा गरिएको प्रहरीको अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जनालाई अदालतको आदेश अनुसार हाजिरी जमानीमा छाडिए पनि सरकारी जग्गा हिनामिनाको विषयलाई गम्भीर रुपमा लिएर सीआईबीले अनुसन्धान जारी राख्ने सीआईबीका एसएसपी दिनेश आचार्यले बताउनुभयो।
अदालतले पहिलोपटक तीनै जनालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा दोस्रोपटक २ दिन थप थुनामा राख्न र अनुसन्धान नसकिए पनि जमानीमा छोड्न आदेश दिएको थियो ।
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायणसिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई सीआईबीले गत बिहीबार काठमाडौँका अलग अलग ठाउँबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०, १४:०७