काठमाडौँ । काठमाडौँमा बाक्लो घरहरूको बस्ती छ । जति घर भए पनि उपत्यकामा कोठा पाउन भने उति नै मुस्किल छ । देशभरबाट जागिर गर्न, व्यवसाय गर्न, पढ्नलगायत बिभिन्न उद्धेश्यले काठमाडौँ आएका सबै जनाको घर हुँदैन । यहाँ बस्नको लागि भाडामा कोठा पाउनै मुस्किल छ ।
मुख्य गरी विद्यार्थीहरू काठमाडौँमा कोठा नपाउँदा हैरान हुन्छन् । एसईई उत्तीर्ण गरेपछि हृदय खड्का अछामबाट पढ्नका लागि काठमाण्डौं आउनुभयो । २/४ दिन आफन्तकोमा बसेर कोठा भेटाएपछि एक्लै सर्ने उहाँको योजना थियो । तर काठमाडौँ आएर पढ्न थालेको ७ महिना बित्नै लाग्दा समेत कोठा भेटिएको छैन ।
उहाँ कोठा खोज्न नहिड्नुभएको होइन, कलेज र कोठा पाएक पर्ने ठाउँमा खोज्दा भेटिएको छैन । कतिपय घरधनीले केटा मान्छेलाई कोठा नदिने भन्छन्, कतिपय ठाउँमा भने पानीको समस्या पाउने गरेको खड्का बताउनुहुन्छ ।
‘काठमाडौँमा कोठा पाउन मुस्किल रै’छ, त्यसमाथि पनि महिलाहरूको तुलनामा पुरुषहरूलाई झनै समस्या रहेछ ।’ हृदयले भन्नुभयो । केदार बिक खोटाङबाट पढ्नकै लागि काठमाडौँ आउनुभएको हो ।
देशभरि समानुपातिक विकास नभएकै कारण काठमाडौैँमा अत्यधिक जनसङख्याको चाप बढ्दा यस्तो समस्या भएको हो । ‘काठमाडौँको जस्तै शिक्षा अछाममा पाइने भए सायद म काठमाण्डौँ आउने थिएन होला खड्का भन्छन् । म जस्तै मेरा थुप्रै साथीहरू पढ्नकै लागि गाउँबाट काठमाडौँ आउदैनन् थिए होला ।’ खड्काले सुनाउनुभयो ।
उहाँलाई पनि काठमाडौैँमा कोठा भेटाउक मुस्किल भयो । कोठा खोज्दै जाँदा फ्याल्ट अर्थात एकै तलाका दुईतीन कोठा भने पाइएको थियो । ‘अब विद्यार्थीलाई सिङ्गै एक तला के काम ? एउटा मात्रै कोठा दिने घरबेटी पाइदैन रै’छ ।’ केदारले दुखेसो पोख्नुभयो ।
परिवारसँगै बस्नेलाई कोठा भेटाउन अलि सजिलो पर्ने उहाँको अनुभव छ । एक्लै, त्यहीमाथि पनि विद्यार्थीले एउटा मात्रै कोठा लिन खोज्ने गरे पनि घरबेटीले एउटा मात्रै कोठा दिन नचाहने गरेका कारण समस्या छ ।
झरना थापाले काठमाडौँ बसेर अध्ययनलाई अगाडि बढाइरहनुभएको छ । कोठासँगै उहाँको पनि नमीठो याद जोडिएको छ । भनेको समयमा कोठा पाईएन, कलेज थियो अनामनगरमा तर कोठा भेटियो भक्तपुरको ठिमीमा । कोठा पाइए पनि भनेजस्तो सुविधा नपाइने, घरबेटी राम्रो नहुने, कोठा भाडा लिएर बस्नेलाई राम्रो व्यवहार नगर्ने गरेको उहाँको अनुभव छ ।
काठमाण्डौँमा अरु ठाउँको तुलनामा अलि बढी विकास भएकाले मानिस यहाँ आउँछन् । समय परिवर्तनसँगै मानिस पनि परिवर्तन हुन खोज्छ । तर शिक्षा, रोजगारी र सुविधा खोज्दै सहर आइपुगेका मानिस कोठा नपाएरै हैरान हुने गरेका छन् ।
नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै छ । वैदेशिक रोजगारमा जाने नेपालीहरुको सङख्या पनि एकदमै बढी भएकाले पनि विदेश जाने प्रक्रिया सबै यहाँबाटै हुन्छ । त्यही भएर पनि काठमाडौँमा मानिसको चाप बढेको छ ।
नेपालका अधिकांश जिल्लामा विकास नभएकोले नै मानिसहरु काठमाण्डौंमा आउने गर्दछन् । यहाँको जनसङख्या प्रत्येक वर्ष बढ्ने गरेको छ भने कोठा भाडा पनि प्रत्येक वर्ष महङ्गो हुँदै गएको छ । सहर आएर राम्रो पढ्ने, राम्रो जागिर गर्ने सपना बोकेर यहाँ आउनेहरू कहिलेकाहीँ दिक्क हुने गरेका छन् ।
हृदय खड्काको पनि काठमाडौं सपनाको सहर नै थियो तर अहिले खड्का भन्नुहुन्छ, ‘काठमाडौँ मरुभूमि जस्तै रहेछ । मरुभूमिमा पानी नपाइने समस्या हुन्छ ।’ यस्तै यहाँ पनि थुप्रै चिजको समस्या रहेको र काठमाण्डौँमा आफूलाई विभिन्न समस्याले सताइरहने उहाँ बताउनुहुन्छ ।
देशभरि समानुपातिक विकास नभएकै कारण काठमाडौैँमा अत्यधिक जनसङख्याको चाप बढ्दा यस्तो समस्या भएको हो । ‘काठमाडौँको जस्तै शिक्षा अछाममा पाइने भए सायद म काठमाण्डौँ आउने थिएन होला खड्का भन्छन् । म जस्तै मेरा थुप्रै साथीहरू पढ्नकै लागि गाउँबाट काठमाडौँ आउदैनन् थिए होला ।’ खड्काले सुनाउनुभयो ।
नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै छ । वैदेशिक रोजगारमा जाने नेपालीहरुको सङख्या पनि एकदमै बढी भएकाले पनि विदेश जाने प्रक्रिया सबै यहाँबाटै हुन्छ । त्यही भएर पनि काठमाडौँमा मानिसको चाप बढेको छ ।
त्यसका कारण पनि काठमाण्डौँमा कोठा पाइन मुस्किल भएको हो । काठमाडौँको उपत्यकामा जनसङ्ख्याको चाप बढेसँगै भाडामा कोठा भेटाउन मुस्किल भएको हो ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६