काठमाडौं । प्रतनिधि सभा र राष्ट्रयि सभाका सांसदहरूले पर्यटन विधेयक २०८१ अघि बढाउँदा सरोकारवालाबाट आएका सुझाव समेट्ने प्रतबिद्धता जनाएका छन् ।
सामुदयिक रेडयिो प्रसारक सङ्घ (अकोराब) नेपालले यूएनडीपी संसद सहयोग परयिोजनासँगको सहकार्यमा काठमाडौँमा गरेको सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रम हेलो सांसदमा संसदीय समतिकिा सभापति र सांसदहरूले यस्तो प्रतबिद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेवल भएको पर्यटन विधेयकको बारेमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा सीआईएनको संवाद कार्यक्रम ‘हेलो सांसद’ लाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले सबै सरोकारवालाहरुको सुझाव समेटेर विधेयकलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
‘आज यहाँ विभिन्न सरोकारवालाको कुरा र विचार सुनेँ । केही जानकारी र चासोहरु पनि सुनेँ र म स्वागत पनि गर्दछु । प्रतिनिधि सभामा टेबल भएको विधेयक समितिमा आएपछि पनि गहिरो छलफल गर्नेछौँ ।’ सभापति उदासले भन्नुभयो ।
विधेयकका बारेमा सरोकारवाला निकायलाई एकै ठाउँमा ल्याउन छलफल आयोजना हुनु समितिका लागि सकारात्मक रहेको बताउँदै उहाँले विधेयकले नियमन गर्ने मात्रै नभएर सरोकारवालालाई सजिलो बनाउनुपर्ने धारणा राख्नुभयो ।
समितिका सदस्य, सांसद गणेशबहादुर विश्वकर्माले पर्यटन विधेयकको बारेमा समितिमा दफावार छलफल हुनुअघि नै सरोकारवालाबीचको संवादमा आएका विषयले आफूहरुलाई सजिलो बनाएको बताउनुभयो ।
छलफलका निष्कर्षका आधारमा थप समन्वय गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्य, सांसद राजेन्द्रलक्ष्मी गैरेले आफूहरुले यसअघि पनि पर्यटनसँग सरोकार राख्नेहरुसँग छलफल गरेर विधेयक अघि बढाएको बताउनुभयो ।
प्रतिनिधि सभाका सांसद साजिदा सिद्धकीले विधेयकमा गरिएको प्रस्तावका बारेमा थाहा पाउने अवसर छलफलले दिएको बताउँदै पर्यटन विधेयकलाई अझ सरोकारवालामैत्री र जनताको सजिलो बनाउनका लागि व्यक्तिगत र पार्टीगत रुपमा पनि लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिनिधि सभाका सांसद जनक गिरीले विकट क्षेत्रमा रहेका पर्यटकीयस्थलको विकासमा सहयोग पुग्नेगरी विधेयक ल्याउनुपर्ने बताउनुभयो ।
बडिमालिका, रामारोशन क्षेत्रलगायतका पर्यटकीयस्थलको विकासमा राज्यले नै ध्यन दिन नसकेको उल्लेख गर्दै यो विधेयक पारित भएपछि ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसार हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटन कानुन पर्यटक, व्यवसायी, समुदाय र मजदुरमैत्री हुनुपर्ने बताउनुभयो ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले सङ्घ, प्रदेश र स्थानीय सरकारले छुट्टाछुट्टै कर लगाउँदा र फरकफरक कानुन बनाउँदा पर्यटन व्यवसायिलाई अफ्ठ्यारो परेको बताउनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधारमा स्तर निर्धारण गर्ने व्यवस्था गर्नुका साथै होटलको स्तर निर्धारण जस्तै व्यवसायको पनि स्तर निर्धारण गर्न माग गर्दै उहाँले गुणस्तर बढाउन पनि व्यवसायीलाई प्रोत्साहन गर्न अनुरोध गर्नुभयो ।
अन्तरराष्ट्रिय रुपमा नेपालमा आउने पर्यटकलाई सुरक्षा र गुणस्तरको सन्देश दिन पनि पर्यटन व्यवसायीले माग गरे ।
संवाद कार्यक्रममा अधविक्ता घनेन्द्र श्रेष्ठले पर्यटन वधिेयकमा परविर्तनका लाग राखिएको प्रस्ताव, समेट्नुपर्ने वयिष र सरोकारवालाको वचिारका बारेमा प्रस्तुति दिनुभएको थियो ।
अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले कार्यक्रमलाई प्रतनिधि सभा गठनपछकिो महत्वपूर्ण पहलका रूपमा व्याख्या गर्दै प्रस्तावित कानुनमाथि सार्थक छलफलका लाग सांसद र सरोकारवालालाई एउटै मञ्चमा ल्याइएको बताउनुभयो ।
कार्यक्रममा सङ्कलित सुझावहरूलाई समेटेर प्रतनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई बुझाइने सीआईएन म्यानेजर दीपक आचार्यले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ २, २०८३