सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा अाज साँझ घरको छतबाट खसेर दुई जना राजमिस्त्री (मजदुर) को मृत्यु भएको छ।
मलङ्गवा नगरपालिका १० का रञ्जित यादवको चार तले घरको छतमा पानी ट्याङकी राख्ने ढलान छत प्लाष्टर गर्नेक्रममा छतसहित जमिनमा खस्दा मलङ्गवा नगरपालिका २ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका २ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको हो ।
अाज साँझ पौने ५ बजेतिर छतबाट खसेर अचेत भएका दुबै जनालाई तत्कालै प्रादेशिक अस्पताल मलर्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
दुवै मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३