मुगु । प्रधानमन्त्री सुशीला कार्कीले आज कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल मुगुको रारा ताल अवलोकन गर्नुभएको छ ।
काठमाडौँ, सुर्खेत हुँदै प्रधानमन्त्री कार्की आज विहान रारा ताल क्षेत्रमा पुग्नु भएको हो ।
रारा ताल अवलोकन गर्दै उहाँले भन्नुभयो "साँच्चै रारा अर्गानिक रहेछ । यसलाई संरक्षण, पर्यटन प्रवर्धन गर्न राज्यसँगै सबैको दायित्व हो ।" प्रधानमन्त्री कार्कीको भनाइ उधृत गर्दै मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले राराताल अवलोकन तथा जिल्लाका सुरक्षा निकायका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नु भएको छ ।
छलफलमा फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्क सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई प्रधानमन्त्रीले बधाई दिनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२