पाल्पा। पाल्पामा इभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिकाको ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा इभी गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो।
घटनास्थलमा रहेका स्थानीय लक्ष्मण बरालका अनुसार इभीमा सवार चालकसहित तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का कमल रायमाझी, रैनादेवी छहरा १ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी र ४ मेहलढापका रामबहादुर गाहा रहेको बरालले बताउनुभयाे। दुर्घटनाको कारण नखुलेको र सवारी सडकबाट पाँच सय मिटर भन्दा तल खसेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप विवरण आउन बाकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२