काठमाडौँ । केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका १७ वटा तरकारी र फलफुलका नमुनामा विषादी परीक्षण गर्दा सबैमा विषादीको मात्रा ९५ प्रतिशत रहेको देखिएको छ।
प्रयोगशालाले आज परीक्षण गरेको रिपोर्ट अनुसार सबै नमुना उपभोग गर्न योग्य अर्थात् खान मिल्ने अवस्थामा छन्। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, कैलाली लगायतका ठाउँबाट सिमी, भिन्डी, काँक्रो, बोडी, करेला, गोलभेंडा, धनियाँ, साग, अम्बा लगायतका तरकारी र फलफुल संकलन गरिएका थिए। ती सबैमा विषादीको मात्रा ९५ प्रतिशतभन्दा कम देखिएको छ, जुन हाम्रा शरीरले सहनसक्ने मात्रा रहेको विषादी विज्ञहरुले बताएका छन् ।
यद्यपि, विज्ञहरूले अझै पनि विषादीको प्रयोग सुरक्षित र सन्तुलित बनाउन किसान र व्यवसायीहरूलाई सचेत रहन विषादी विज्ञ मनोज पोखरेलले सुझाव दिनुभएको छ । सरकारले विषादी प्रयोगमा निगरानी बढाउने र नियमित परीक्षणलाई निरन्तरता दिनुपर्ने समेत विज्ञको जोड छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२