काठमाडौँ । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले अन्तर्राष्ट्रिय नारी दिवस (२०२५ को अवसरमा उद्यमी महिलाहरुको लागि ५० प्रतिशत फ्ल्याट छुटमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ।
यस अन्तर्गत उधमी (Enterprise) प्याकेज ६० एमबी पीएसको वार्षिक जडानमा ५० प्रतिशत फ्ल्याट छुट दिने घोषणा गरिएको छ ।
उद्यमी (Enterprise) प्याकेज १२० एम बीपी एसको वार्षिक ५० प्रतिशत फ्ल्याट छुट र उद्यमी (Enterprise) प्याकेज २०० एम बिपी एसको वार्षिक जडानमा ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट रहेको साथै उद्यमी महिलालाई लक्षित उक्त अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
यस अफर प्राप्त गर्नको लागि कम्पनि महिलाको नाममा दर्ता भएको हुनु पर्ने छ। उद्यमी (Enterprise) प्याकेजमा पब्लिक आईपी, 5GHz डुवल ब्याड राउटर र अनलिमिटेड एफ यू पी पनि समाबेश छ। यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ सम्म मान्य हुने जनाइएको छ ।
साथै तोकिएको बाहेक अन्य शुल्क नलाग्ने कम्पनीले जनाएको छ । थप जानकारीको लागि ९८०२६२२३०३ फोन वा [email protected] मेल गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१