काठमाडाैँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
२०७४ सालमा सार्वजनिक पद धारण गरेपछिका ५ वर्षमा ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैया ६६ पैसा बरावरको स्रोत नखुलेको सम्पत्ति कमाएको देखिएको दाबीसहित अख्तियारले सर्बोच्च अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको जनाएको छ ।
मेयरको रुपमा सार्वजनिक सेवामा प्रवेश गर्नु अघि थापा र उनको परिवारका सदस्यहरुको नाममा विभिन्न बैङ्कमा रहेको रकम, निजले सार्वजनिक सेवामा प्रवेशपश्वात प्राप्त गरेको तलब भत्ता, जग्गा बिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ ४८ पैसाको वैधानिक स्रोत खुलेको तर थापासँग १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैया १४ पैसा बराबरको सम्पत्ति रहेको पाइएकाले स्रोत नखुलेको रकम बराबरको बिगो कायम गरि मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिनुभयो ।
मेयर थापाले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाई रामकुमार थापा र भाई बुहारी द्वारीका राउतको नाममा खरिद गरेको पाइएपछी तीनै जनालाई प्रतिवादी कायम गरी उनीहरूका नाममा रहेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्तिबाट बिगो असुल उपर गरी पाउनसमेत माग गरिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०, १३:२३