काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको हो ।
नेदरल्यान्डले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गरेको हो ।
खेलमा नेपालका अनिलकुमार साह र आसिफ शेखले अर्धशतक बनाउनुभयो । कुशल भुर्तेलले ११ बलमा २८ रन बनाउनुभयो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड ३९ ओभरमा १ सय ३७ रनमा समेटिएको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०, १४:१५