काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भुकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ ।
उहाँले विपतको घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्वार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रवार मध्यराती ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा कम्तिमा ७३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०, ०७:२८