काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा किशोरङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेको चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार एवम् सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
आयोगले सुन तस्करी रोक्नेबारे अध्ययन गरी तीन महिनाभित्र व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउने मन्त्री शर्माले जानकारी दिनुभयो ।
सुन तस्करीबारे अध्ययन र छानबिन गर्न आयोग गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गरे पछि आयोग गठन गर्ने सहमति भएको थियो ।
इलेक्ट्रिक सिगरेट (भेप) भित्र राखेर र ब्रेकसुमा लुकाएर ल्याएको सुन बरामद भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरी मुद्दा दायर गरिसकेको गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०