पूर्व प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा सहकार्य गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेको अवसरमा एक भिडिओ सन्देश जारी गर्दै प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासहित सबैलाई धन्यवाद दिनुभएको हो ।
सामाजिक सञ्जालमार्फत् जारी भिडिओ सन्देशमा प्रचण्डले भन्नुभएको छ– ‘आज विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिन, दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालासहित यो प्रक्रियामा सहकार्य गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ– ‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा हार्दिक अपिल गर्दछु ।’
१० वर्षे सशस्त्र द्वन्द्व सकिएर शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।
विसं २०५२ फागुन १ गतेदेखि चलेको सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो । सम्झौतामा तत्कालीन प्रधानमन्त्री कोइराला र माओवादीका अध्यक्ष प्रचण्डबीच हस्ताक्षर भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१, १२:००