काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु हुँदैछ ।
‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडौँ कालिकास्थानस्थित एक पार्टी प्यालेसमा हुन लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाडौँ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको उहाँको भनाइ छ ।
कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्वबारे प्रष्ट पार्ने बस्नेतले बताउनुभयो ।
कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरु आवश्यक तयारीमा जुटेको र जसपा नेपालले ८ स्थानको कार्यक्रममा सहभागी हुने नेताहरुको टुङ्गोसमेत लगाइसकेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२