काठमाडौँ । सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको आज दोस्रो दिन खरना मनाइँदै छ ।
जानकारहरूका अनुसार आजको दिन साँझ चामल, सक्खर र दूध मिसाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ ।
दिनभर उपवास बसेका छठ ब्रतालुले आज साँझ खीर बनाएर ग्रहण गर्दछन् ।
खीर प्रसादको रूपमा घरपरिवारका सदस्यहरूले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन रहेको छ । सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ हिजोदेखि नहाय खाय विधिबाट सुरु भएको हो ।
तेस्रो दिन भोलि छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ ।
सोमबार पर्सि बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुन्छ । सरकारले छठ पर्वको अवसरमा पर्सि सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
प्रकाशित मिति:
शनिबार, कात्तिक २८, २०८३