काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विशिष्ट व्यक्तिलाई मापदण्डविपरीत दिइएकोजनशक्तिको सुविधा १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकलेविशिष्ट ब्यक्तिलाई सुविधा बापत उपलब्ध गराइएका सुरक्षा अधिकृत, सवारी चालक र भान्सेलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाइ त्यसको जानकारी समितिलाई गराउन निर्णय गरेको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिनुभयो ।
बैठकले सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए फिर्ता गर्न पनि समितिले निर्देशन दिएको छ ।
सभापति खतिवडाले निर्णयबारे भन्नुभयो- ‘नियमअनुसार भीभीआईपी र भीआईपीहरूलाई प्राप्त हुने सुविधाबाहेकका अन्यलाई मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू कति छन् र मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो ।'
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०