काठमाडौँ । संसदीय समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको शङ्का गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग छलफल गर्ने भएको छ । सार्वजनिक लेखा समितिले स्वास्थ्यमन्त्री ढकाललाई भोलि छलफलका लागि बोलाएको समितिका सभापति भरत शाहले जानकारी दिनुभयो ।
नोबेल कोरोना भाइरसको सङ्क्रमण सुरु भएसँगै नेपालमा स्वास्थ्य सामग्री खरिदको विषय अघि बढेको थियो। त्यतिबेला स्वास्थ्यमन्त्री ढकालले आफ्नो स्वार्थपूर्तीका लागि महेन्द्र श्रेष्ठलाई महानिर्देशक बनाएर मनपरी निर्णय गराएको आरोप लाग्दै आएको छ ।
श्रेष्ठले मन्त्रीको निर्देशन बमोजिम त्यसअघि औषधि खरिदका सबै प्रक्रिया रद्ध गरी लकडाउन सुरु भएलगत्तै औषधि खरिदका लागि २४ घण्टे टेन्डर गर्नुका साथै गुणस्तरहीन औषधि खरिद भएको, आर्थिक अनियमितता गरिएको र कानुन उल्लङ्घन गरिएको आरोप छ ।
लेखा समितिको अनुरोधमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययन रिपोर्टमा कानुन विपरीत औषधि खरिद सम्झौता भएको निष्कर्ष निकालेको छ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७, १४:३९