बैतडी । गएराति बैतडीमा भएको बस दुर्घटनामा घाइते ८ जनालाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ ।
डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको पाटन नगरपालिका ८ खोड्पे बजार नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा ९ जनाको मृत्यु भएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।
दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालकसहित अन्य ३४ जना घाइते भएका छन् । बस सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुने दुई जनाको मात्रै सनाखत भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया किर्तीका कार्की र बैतडीको दोगाडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्दको सनाखत भएको प्रहरी प्रम्ुख प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७, ०७:४२