बैतडी । बैतडीको सिगास गाउँपालिकामा बाख्रापालन गरि आम्दानी गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।
गाउँघरमा खेती किसानी गर्नेभन्दा पनि विदेश जाने मनस्थितिमा प्रायः युवाहरू देखिन्छन् । तर बैतडीको सिगास गाउँपालिका ९ का दीपक चन्दले भने गाउँमै बाख्रापालन गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।
बैतडीको सिगास गाउँपालिका–९ जालहाल्लाका ४१ वर्षीय चन्दले आफ्ना साथीहरू रोजगारीको खोजीमा भारत र तेस्रो मुलुकमा गए पनि आफूले भने बाख्रापालन गरिरहेको बताउनुभयो ।
६ वर्षदेखि व्यावसायिक बाख्रापालन गरि रहनु भएका चन्दको फर्ममा अहिले स्थानीय र बोयर क्रस जातका गरी ७० भन्दा बढी बाख्राहरू छन् ।
तीमध्ये ४७ ओटा माउ, ८ ओटा खसी र बाँकी पाठापाठीहरू छन् । घरायसी खर्च तथा बाख्रा र खसीको दानापानी खर्च कटाएर वार्षिक ३ लाखभन्दा बढी बचत हुने गरेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१