सल्यान । सामान्यतया भैँसीको कालो रङ हुन्छ, तर सल्यानको बागचौर नगरपालिका–३ का वडा अध्यक्ष भीम प्रकाश भण्डारीको घरमा सेतो भैँसी पालिएपछि गाउँभरि चर्चा हुन थालेको छ ।
स्थानीयवासीहरूका अनुसार सेतो भँंसी देखिनु अनौठो भन्दै हेर्न आउनेहरू बढेका छन् ।
‘सेतो भैँसी बिरलै पाइने भएकाले यसलाई संरक्षण गरेर पाल्दै आएको छु । ३ वर्षको भयो हेर्न आउने मानिस छक्क पर्छन् ।’ अध्यक्ष भण्डारीले भन्नुभयो ।
केही बिज्ञहरूले यो दुर्लभ भए पनि असम्भव नभएको बताएको पनि उहाँको भनाइ छ ।
यदि दीर्घकालीन रूपमा यस्तो सेतो भैँसी देखियो भने, कृषि/पशुपालन विभागले त्यसलाई विशेष जातीय पहिचान गरेर अनुसन्धान गर्न सक्ने सम्भावना हुने कतिपयको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२