काठमाडौँ । कोही जुत्ताको सोलमा खाक्सी लगाउन सिक्दै छन् । कोही सोल काट्न सिकिरहेका छन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ भिमसेनगोलामा रहेको निर्मल बालविकास विद्यालयमा १५ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी र तीनका अभिभावकले मखमली र ढाकाको जुत्ता बनाउने तालिम लिइरहेका छन् ।
१४ वर्षका निलम कटवाल अभिभावकसँगै बसेर जुत्ता सिलाइरहनु भएको छ । विद्यालयमै जुत्ता बनाउने तालिम पाउँदा खुसी लागेको उहाँ बताउनुहुन्छ ।
‘मैंले कक्षा ९ सम्म पढेकी छु । अहिले मखमली र ढाकाको जुत्ताचप्पल बनाउन सिकिरहेकी छु ।’ निलमले भन्नुभयो, ‘मैँले अहिलेसम्म ३/४ जोर जुत्ता बनाएँ होला । जुत्ता बनाउन सिक्न पाउँदा खुसी लागेको छ ।’
काठमाडौँ माछापोखरीका धन ढकाल पोखरेल विहान १० बजे १७ वर्षका छोरासँगै विद्यालय पुग्नु हुन्छ । उहाँले छोरासँगै जुत्ता बनाउने सीप सिक्न थाल्नु भएको ३० दिन पूरा भयो । यो अवधिमा उहाँले छोरासँगै काम गर्दा सात थरीका, सातैजोर जुत्ता बनाउनुभएको छ ।
‘यस किसिमको तालिम भयो भने उनीहरूले पनि कमाउने मौका पाउँछन् । जुत्ताचप्पल बनाउने व्यवसाय लामो समयसम्म चलिरहन्छ ।’ धन भन्नुहुन्छ, ‘जुत्ताचप्पल बनाउने सामग्रीहरु उनीहरुले पाउने, हामी अभिभावकहरुले सहयोग गरेर लग्यौँ भने अत्यन्तै उपयोगी हुने मैले देखेकी छु ।’
देशभर अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि ३२ विशेष विद्यालय र २२ एकीकृत विद्यालय सञ्चालनमा छन् । सबै विद्यालय अपाङ्गता भएका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गराउने अभ्यासमा छन् ।
मखमली र ढाकाको जुत्ता बनाउन आवश्यक कच्चापदार्थ विद्यालयले उपलब्ध गराउँछ । एक महिनाको तालिम सकिए पनि हरेक बुधबार विद्यार्थी तथा अभिभावकका लागि पुनर्ताजगी तालिमको आयोजना गरिने विद्यालयले जनाएको छ ।
तर काठमाडौँको निर्मल बालविकास विद्यालय भने बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सीप र आम्दानीसँग यसरी जोडिरहेको छ । ज्ञानेश्वरका भीमा कार्की पनि २० वर्षका छोरीसँगै विद्यालय पुगेर जुत्ता बनाइरहनु भएको छ ।
छोरीलाई घरमा पनि जुत्ता बनाउन सिकाउनु हुन्छ । जुत्ता बिक्री भएर प्राप्त रकम छोरीको नाममा खाता खोलेर जम्मा गरिदिने उहाँको योजना छ ।
‘मेरी छोरीजस्तै बौद्धिक अपाङ्गता भएका बच्चाहरु सधैँ विद्यालय आउने, समय बिताउने जस्तो मात्रै भइरहेको थियो ।’ कार्कीले थप्नुभयो, ‘हाम्रो शेखपछि पनि उनीहरूले केही आम्दानी गरुन् र समाजमा पुनस्र्थापित होउन् भनेर जुत्ताचप्पल बनाउने तालिम दिएको हुँदा धेरै फाइदा देखिराखेको छु मैलेचाहिँ ।’
‘छोरी र मैले बनाएको जुत्ता बिक्री भएर आएको आम्दानी म उसैको नाममा बैैँकमा खाता खोलेर राखिदिन्छु ।’ कार्कीले योजना सुनाउनुभयो, ‘उसको नाममा पैसा भएपछि जसले पनि हेर्न सक्छ । अहिले पो हामी छौँ, सधैँभरि हामी उसको साथमा रहँदैनौँ । हामी नहुँदा पनि उसले दुःख नपाओस् ।’
अभिभावकलाई साथमै राखेर तालिम लिँदै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु ।
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू ढिलो सिक्छन् तर छिटो बिर्सन्छन् । विद्यालय उमेर पूरा भएका व्यक्तिहरूलाई कक्षागत कुराहरू सिकाउन पनि अप्ठेरो हुन्छ ।
कतै बौद्धिक अपाङ्गता भएकाहरू बिर्सेलान कि भनेर अविभावकलाई पनि विद्यालयले सीप सिकाइरहेको छ । ६ देखि १५ वर्षसम्मका बालबालिकालाई शैक्षिक इकाइमा राखेर सिकाइरहेका छौँ ।
तर १५ वर्षमाथिका व्यक्तिहरूलाई सिकाउन गाह्रो हुने भएकाले सीपमूलक तालिमको सञ्चालन गरिएको हो ।’ प्रधानाध्यापक ज्योती खनाल भट्टराईले भन्नुभयो ।
शारिरीक रूपमा सक्षम व्यक्तिहरूलाई आत्मनिर्भर बनाइ समाजमा पुनस्र्थापना गराउने लक्ष्यसहित माया नेपालसँगको सहकार्यमा मखमली र ढाकाको जुत्ता चप्पल बनाउने तालिम दिइएको हो ।
९४ जना विद्यार्थी अध्ययनरत बौद्धिक अपाङ्गता भएकालाई पढाउने नेपालकै पहिलो यो विद्यालयले जुत्ता बाहेक सिलाइ, बुनाई, मैनबत्ती बनाउने, नेपाली कागजका खाम बनाउने लगायतका सीपमुलक तालिम सञ्चालन गरिरहेको छ ।
मखमली र ढाकाको जुत्ता बनाउन आवश्यक कच्चापदार्थ विद्यालयले उपलब्ध गराउँछ । एक महिनाको तालिम सकिए पनि हरेक बुधबार विद्यार्थी तथा अभिभावकका लागि पुनर्ताजगी तालिमको आयोजना गरिने विद्यालयले जनाएको छ ।
तालिमका लागि २ जना प्रशिक्षक पनि परिचालन गरिएको छ । विद्यार्थी र अभिभावकले बनाएको जुत्ताको बजार व्यवस्थापन विद्यालयले गरिदिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रिप्रसाद तिमल्सिना बताउनुहुन्छ ।
‘बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि मायाभन्दा अवसरको खाँचो हो । हामीले कैयौँ विद्यार्थीलाई व्यावसायिक सीप दियौँ । उनीहरूले सामान उत्पादन गरिरहेका छन् ।’
अध्यक्ष तिमल्सिनाले भन्नुभयो । उनीहरूले त्यही सीपका कारण महिनामा ३/४ हजार रुपैयाँ कमाउने भएका छन् ।
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिमपछि समाजमा पुनस्र्थापना गराउनका लागि सीपमुलक तालिमको आवश्यकता परेको अनुभव विद्यालयको छ । अहिले विद्यालयले १५ जनालाई मात्रै आवासीय सुविधा दिइरहेको छ ।
विद्यालयमा आउन चाहने बालबालिकाको सङ्ख्या बढीरहेको छ । ‘हामी अभिभावकलाई समेत राखेर सीपमुलक तालिम दिन्छौँ र समुदायमा पठाउँछौँ । जुत्ताको कच्चापदार्थ उपलब्ध गराउँछौँ ।’ तिमल्सिनाले सुनाउनुभयो ।
एक महिने तालिमका क्रममा मखमल र ढाकाका गरी १ सय ५० जोर जुत्ता तयार भएका छन् । तीमध्ये आकर्षक जुत्ताचप्पल बिक्री हुन पनि थालेका छन् ।
९४ जना विद्यार्थी अध्ययनरत बौद्धिक अपाङ्गता भएकालाई पढाउने नेपालकै पहिलो यो विद्यालयले जुत्ता बाहेक सिलाइ, बुनाई, मैनबत्ती बनाउने, नेपाली कागजका खाम बनाउने लगायतका सीपमुलक तालिम सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७, ०४:१४:००
शर्मा सामुदायिक सूचना नेटवर्क सीआईएनमा कार्यरत हुनुहुन्छ।