काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिनुभएको छ ।
आजबाट सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको जानकारी दिनुभयो ।
बैठकमा देउवाले जेनजी आन्दोलन, आफूमाथि भएको आक्रमण र समसामयिक विषयपरिस्थितिका बारेमा पनि विचार राख्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२