हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रुपा शाही विजयी हुनुभएको छ । ६९ मतअन्तरले शाही विजयी हुनुभएको हो ।
उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका थिए । नेकपाका शाहीले १४ सय ५४ मत ल्याएर विजयी हासिल गर्नु भएको हो ।
निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेका तारा शाहीले भने १३ सय ८५ ल्याउनुभएको छ । राप्रपाले भने १० मत पाएको छ । १४ मत बदर भएको थियो ।
खार्पुनाथ गाउँपालिकामा ३ हजार तीन सय ८७ मत रहेकोमा १ हजार आठ सय ६९ मत खसेको थियो ।
नेकपाका उम्मेदवार शाही २०७४ सालमा भएको निर्वाचनमा पराजित हुनुभएको थियो । तत्कालीन गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको गएको असार ३ गते जीप दुर्घटनामा मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६