काठमाडौँ । आज देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानामान महाशाखाले अनुरोध गरेको छ ।
विभागका अनुसार रातिको तुलनामा दिउँसो धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा मात्रामा पानी पर्ने अनुमान गरिएको छ ।
वर्षाको गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली भूभागका केही स्थान र पहाडी क्षेत्रका धेरैजसो स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, कर्णाली प्रदेशको पहाडी भूभाग लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा ठूलो पानी पर्ने अनुमान महाशाखाको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान , बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान, मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा भने मध्यम खालको पानी पर्ने अनुमान महाशाखाको छ ।
पहाडी तथा हिमाली भूभागमा पहिरो, गेग्रान बहावको जोखिम रहने र नदीनालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३