काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितको उद्धार तथा खोजका क्रममा रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको सरकारले बताएको छ ।
कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको सैनिक जनसम्छपर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्कामा नेपाली सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।
उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको जनाइएको छ ।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको सैनिक जनस्मपर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३