काठमाडौँ । मकवानपुरको भिमफेदी गाउँपालिका ८ बैदमारस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
बा.प्र.०१ ०३३ च २१४४ नम्बरको पिकअप (फास्ट ट्र्याकको गाडी) अनियन्त्रित भएर करिब १०० फिट तल खोलामा खस्दा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक सिन्धुली कमलामाई नगरपालिका ९ भिमान बस्ने अन्दाजी ४२ वर्षीय बोधराज बुढाथोकी र तराइ मधेश फास्ट ट्र्याकमा कार्यरत इन्जिनियर बारा पचरौता नगरपालिका ७ का २१ वर्षीय सूर्य यादव रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३