काठमाडौँ । हायु समाज नेपालको केन्द्रिय अध्यक्षमा लक्ष्मण हायु चयन हुनुभएको छ ।
काठमाडौँको कोटेश्वरमा रहेको सुनुवार सेवा समाजको सभा हलमा भएको कार्यक्रमबाट लक्ष्मण हायुको नेतृत्वमा केन्द्रिय समिति चयन गरिएको हो ।
उपाध्यक्षमा प्रकाश हायु, सचिवमा सुजन हायु, कोषाध्यक्षमा विमला हायु चयन हुनुभएको छ ।
सदस्यहरुमा पुष्पा हायु, ललिता हायु, रमेश हायु, गणेश हायु, कुन्दन हायु, युवहादुर हायुलगायत सर्वसम्मत चयन हुनुभएको छ ।
हायु समाजको प्रथम राष्ट्रिय महाधिवेशन अस्ति र हिजो काठमाडौँमा भएको अध्यक्ष लक्ष्मण हायुले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३