काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट यथाशीघ्र बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उहाँले सरकारले वित्तीय पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न विशेष पहल गर्ने बताउनुभएकाे हाे।
‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिस्टबाट सकेसम्म छिटो बाहिर निकाल्नेछौं,’ बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले भन्नुभयो ।
सरकारले यसका लागि कानुनी सुधार, निगरानी प्रणाली सुदृढीकरण र वित्तीय अनुशासनमा जोड दिने जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३