वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ ।
होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेसका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउँदै जान थालेकोमा बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन् । त्यसमा पनी यस वर्ष निवाचको पुुर्व संन्यमा होली परेकाले धेरै स्थानमा जोगिरा गीत समेत सुुन नपाईएको नागरिक समाज सर्लाहीका अगुुवा रजनी कान्त झा बताउनुुहुन्छ ।
होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) हरुले ढोलक, मृदङ्ग, झ्याली, हारमुनियम जस्ता बाजाको प्रयोगगरी जोगिरा गीत गराउने प्रचलन छ । जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाएको हुन्थ्यो । तर ती गीतहरु हिजोआज लोप हुने अवस्थामा पुगेको भन्दै ंसाँस्कृतिकका जानकार उदय चैधरी चिन्ता गर्नुहुन्छ।
साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको होलीले प्रायः सबै जातजातिका र उमेर समूहका मानिसलाई एक आपसमा अविर दलेर सद्भाव, आत्मियता बढाउँछ । जोगिरा गीत मात्रै होईन तराईमा उत्साव र उमङ्गका साथमा खेलिने होलीको महत्व पनि वर्षेनी घट्दै गएको छ । तराईका भित्री गाउँबाट समेत गरिवीका कारण अधिकांश युवाहरु विदेशिएका छन् ।
त्यसैले पनि गाउँघरमा होलीको रौनक देखिँदैन् भने अर्कातिर आधुनिक र भोजपुरी गीतले स्थान पाएकोले यसको महतो घटन पुगेको नगरिक समाज सर्लाहीका अध्यक्षय उग्र कान्त झाको भनाइ छ।
पुराना जोगिरा गवैयाहरुको मृत्यु भैसकेको र कतिपय बुढयौलीका कारण थला परेपछि जोगिराको संरक्षणमा चूनौति थपिएको छ । यसको संरक्षणका लागि सामाजिक अभियन्ता र जनप्रतिनिधीहरु विशेष जोड दिनुपर्ने यहाँका स्थानीय बुढापाकाहरुको तर्क छ ।
प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२