सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका स्थित जनज्योति बहुमुखी क्याम्पसमा तेस्रो फुड फेस्टिबल २०८२ आयोजना गरिएको छ ।
उद्यमशीलता विषयमा आधारित प्रयोगात्मक कार्यका लागि विद्यार्थीहरूलाई उक्त कार्यक्रम गराइएको कार्यक्रमका संयोजक उपप्राध्यापक देवराज पौडेलले जानकारी दिनुभयो ।
किताबको ज्ञानलाई व्यवहारमा उतार्न मद्दत पुगोस् भन्ने उद्देश्यले क्याम्पसको बीबीएस चौथो वर्षले कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
विद्यार्थीलाई पढाइ सँगै व्यावहारिक शिक्षासमेत दिँदा विद्यार्थीको चौतर्फी विकासमा मद्दत पुग्ने सहायक क्याम्पस प्रमुख नारदबहादुर धामीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२