रुकुम (पूर्व) । रुकुम (पूर्व)मा उभिएको सिस्ने हिमाल, जसको सुन्दरता सल्यान, रोल्पा, डोल्पा र रुकुमका गाउँहरूबाट सजिलै निहाल्न सकिन्छ । िहजाे अाज फेरि एकपटक हिउँको सेतो पहिरनले चम्किएको छ।

पहिलाका वर्षहरूमा यो हिमाल वर्षभरि हिउँले ढाकिएको देखिन्थ्यो, सधैं सेतो, सधैं पवित्र। तर, पछिल्ला वर्षहरूमा जलबायु परिवर्तनको असरले यसको रूप र रङ नै बदलिन थालेको छ।

एक समय शान्त र शीतल देखिने सिस्ने हिमाल अहिले धेरैजसो समय कालो ढुङ्गामय रूपमै रहन्छ। तर केही दिनअघि परेको अप्रत्याशित हिमपातसँगै सिस्ने हिमालले फेरि आफ्नो पुरानो रूप पाएको छ।

बिहानको घाममा टल्किँदो हिउँ र बादलको काखमा झल्किँदो त्यो दृश्य ले सिस्ने हिमाल फेरि प्रेमिल र मनमोहक बनेको छ। विशेषगरी पुस र माघको कठ्याङ्ग्रिने चिसोमा यो हिमालको चमक अझै बढी लोभलाग्दो देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२