सर्लाही । सामुदायिक रेडियो एकता ९२ दशमलब ४ मेगाहर्ज सञ्चालन गर्दै आएको लालबन्दीको सामुदायिक सञ्चार एकता सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
सभा लालबन्दी नगरपालिका–५, मेजरगन्जस्थित रेडियो भवनमा आयोजिना गरिएको थियो।
सभाले रेडियोको सञ्चालक समितिको अध्यक्षमा देविबन्धु थापालाई सर्वसम्मत चयन गरेको छ। थापा यसअघि उपाध्यक्षको रूपमा कार्यरत थिए। थापा उद्योग वाणिज्य संघ लालबन्दीको संस्थापक अध्यक्षसमेत रहिसक्नुभएको छ ।
उपाध्यक्षमा योगराज देवकोटा (युवराज) चयन हुनुभएको छ भने सदस्यमा लालबन्दी–१७ का पूर्व वडाध्यक्ष नवराज अधिकारीलाई नियुक्त गरिएको छ।
मधेस प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कौशलकिशोर राय प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको थियो भने लालबन्दी नगरपालिका–५ का वडाध्यक्ष मीनप्रसाद ढुंगेल विशिष्ट अतिथि बन्नुभएको थियो ।
सभामा रेडियो उपाध्यक्ष थापाले संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष शालिग्राम लम्सालले आर्थिक प्रतिवेदन पेश गर्नुभयो भने लेखा सुपरीवेक्षण समितिका सदस्य मोहनबहादुर केसीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो। सभा रेडियो व्यवस्थापक प्रकाश मैनालीको सञ्चालन र संचालक समितिका सदस्य भवानीकुमारी कोइरालाको स्वागतसहित सम्पन्न भएको थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२