काठमाडौँ । मनसुन सक्रिय भएकाले पानी पर्ने क्रम बढेको छ ।
अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आएकाले देशका विभिन्न ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यसको प्रभाव भोलिसम्मै रहने भएकाले पानी पर्ने क्रम रहिरहनेछ । पर्सिदेखि भने ठूलो पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाका मौसमविद् गोविन्द झाले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आज र भोलि दिउँसो देशका अधिकांश स्थानमा पानी पर्नेछ । केही ठाउँमा भने ठूलो पानी पर्नेछ ।
अहिले पनि कोशी, मधेस र बागमती प्रदेशको अधिकांश स्थानमा पानी परिरहेको मौसमविद् झाको भनाइ छ । उहाँँकाअनुसार गएराति काठमाडौँमा मात्रै ५८ मिलिमिटर पानी परेको छ ।
यस्तै १२ घण्टामा सबैभन्दा धेरै रौतहतको चन्द्रनिगाहापुरमा ११६ मिलिमिटर र उदयपुरमा ८६ दशमलव ४ पानी परेको छ । मनसुनको समयमा दिउँसोभन्दा राति धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२