सल्यान । दोस्रो बृहत सल्यान महोत्सवस्थलमा रहेका ८० वटा स्टल आगलागीका कारण जलेर नष्ट भएका छन् ।
आठ दिनअघि मात्रै सल्यानको श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा महोत्सव सुरु भएको थियो ।
गएराति करिब ११ बजे आगलागी हुँदा ८० स्टल जलेका हुन् । आगलागीबाट करिब १० करोड बराबरको क्षति भएको आयोजकले दाबी गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको संयुक्त प्रयासमा आगो नयिन्त्रणमा लिइएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सल्यानका सचिव नोखिराम थापाले जानकारी दिनुभयो ।
आगलागी के कति कारणले भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
तस्विरहरू











प्रकाशित मिति: आइतबार, माघ २७, २०८१