रुकुम पूर्व । राष्ट्रिय दलित पत्रकार सङ्घ (नाडजोन) नेपालको रुकुमपूर्व अध्यक्षमा निराजन सिर्पाली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सिस्ने गाउँपालिका–५ रुकुमकोटमा भएको प्रथम जिल्ला अधिवेशनबाट १३ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको हो ।
उपाध्यक्षमा बालाराम शेर्पाली, शारदा सुनार, सचिवमा किस्मत शेर्पाली, सहसचिवमा सन्तोष बिक र कोषाध्यक्षमा विमला बिक सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
सदस्यमा मनिषा बिक, जमुना शेर्पाली, अञ्जना बिक, बबिता शेर्पाली, तेजेन्द्र शेर्पाली, सिर्जन रसाइली र भावना बिक सर्वसम्मत निर्वाचित हुनु भएको अधिवेशनमा सहभागी नाडजोनका लुम्विनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले जानकारी दिनुभयो ।
अधिवेशनमा जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, दलित अधिकारकर्मी उपेन्द्रलाल कामी, हर्कविर कामी, सिस्ने गाउँपालिकाका पूर्व उपाध्यक्ष गोवर्धन बुढा, राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष बस्याल, सचिव अनिल नेपाली, नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष वशन्त बाँठा मगरलगायत विभिन्न राजनीतिक दलका नेताहरूको पनि सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१