काठमाडौँ । आज तीन प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली भइ कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाले सीआईएनसँग कुरा गर्दै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आज राति कोशी, बागमती, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१, ०९:२२